ह्युस्टनसँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी

हिमाल प्रेस १२ जेठ २०८१ ६:३८ | Saturday, May 25, 2024
ह्युस्टनसँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको अभ्यास खेलमा जित हात पारेको छ।

प्रेयरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको कडा प्रतिस्पर्धामा नेपाल ६ रनले विजयी भएको हो।

१ सय ४७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले राम्रो सुरुवात गरेको थियो।

अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो। १९ औँ औभरमा अविनाश बोहराले पहिलो बलमा विकेट लिए र १४ रन दिए। २० औँ ओभरमा  अन्तिम ओभरमा हरिकेन्सलाई जितका लागि १० रन आवश्यक थियो तर करण केसीले ३ रन खर्चिएर नेपाललाई जित दिलाए।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिए। त्यस्तै कुशल भुर्तेल, सागर ढकाल, अविनाश बोहरा र रोहित पौडेलले समान एक एक विकेट लिए।

यसअघि ह्युस्टनस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा टस जितेर ब्याटिङको निम्तो पाएपछि नेपालले बोर्डमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो। दुवै ओपनर कुशल भुर्तेल १ र आसिफ शेख ४ सस्तोमा फर्किए। त्यसपछि अनिल साह र रोहित पौडेलले इनिङलाई अगाडि बढाए।

कुशल मल्ल १२ रनमा आउट हुनुअघि रोहित पौडेलले २३ रन बनाए। अनिल साहले सर्वाधिक ४७ रन बनाए भने गुलशन झाले पनि २० रन बनाए। सन्दीप जोराले २१ रन बनाए भने करण केसी १० रनमा अविजित रहे।

नेपाल र ह्युस्टन हरिकेन्सले खेलपछि सुपर ओभर खेलेका छन्। ह्युस्टनले अविनाश बोहराविरुद्ध १५ रन बनाए। नेपालका लागि कुशल मल्लले पहिलो दुई बलमा अधिकतम र चौथो बलमा चौका प्रहार गर्दै जित दिलाए।

प्रकाशित: १२ जेठ २०८१ ६:३८ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast