आज मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना

हिमाल प्रेस ११ जेठ २०८१ ६:३५ | Friday, May 24, 2024
आज मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारत विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। आज महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको पनि जनाएको छ।

बिहीबार मौसम बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

महाशाखाले देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ।

त्यसैगरी महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताउँदै राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक/दुई स्थानमा मेघगर्जन, चट्याङ‍, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ।

प्रकाशित: ११ जेठ २०८१ ६:३५ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast