धनुषामा छुट्टाछुट्टै घटनामा दुई मजदुरको मृत्यु

हिमाल प्रेस १० जेठ २०८१ १७:२५ | Thursday, May 23, 2024
धनुषामा छुट्टाछुट्टै घटनामा दुई मजदुरको मृत्यु प्रतीकात्मक तस्बिर।

जनकपुर- धनुषामा छुट्टाछुट्टै घटनामा दुईजना मजदुरको मृत्यु भएको छ।

गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार इनारभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर उनको मृत्यु भएको हो।

रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोगमा झण्डै ४० मिटर गहिरो उक्त इनारबाट शर्माको शव निकालिएको थियो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

यसैगरी गोदारस्थित कमला स्टोन क्रसर उद्योगमा कार्यरत गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय अर्जुन यादवको मृत्यु भएको छ।

बुधबार राति क्रसर उद्योगको फित्तामा बेरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक साहले जानकारी दिए। उक्त घटनामा सोही क्रसरमा काम गर्ने बाराको निजगढका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन्। उनको गोदारस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित: १० जेठ २०८१ १७:२५ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast