कर्णालीमा एमालेका शाहले लिए कृषि मन्त्रीकै शपथ

हिमाल प्रेस ९ जेठ २०८१ १७:२० | Wednesday, May 22, 2024
कर्णालीमा एमालेका शाहले लिए कृषि मन्त्रीकै शपथ

सुर्खेत- कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद् विस्तार भएकाे छ। नेकपा एमालेका सांसद विनोदकुमार शाहले कृषि मन्त्रीकाे सपथ लिएका छन्। यसअघि आफैँले कृषि मन्त्रीकाे पद तथा गोपनीयताकाे शपथ बहिष्कार गरेका शाहले बुधबार साेही मन्त्रीकाे रूपमा सपथ लिएका हुन्।

उनलाई आजै मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। गत वैशाख १८ गते कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए।

शाहले आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए। शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो। मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषद्बाट हटाएका थिए।

प्रकाशित: ९ जेठ २०८१ १७:२० | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast