रवि लामिछानेको सम्पत्ति : ८० तोला सुन, अरु के के छ?

हिमाल प्रेस ८ जेठ २०८१ १५:५१ | Tuesday, May 21, 2024
रवि लामिछानेको सम्पत्ति : ८० तोला सुन, अरु के के छ? रवि लामिछाने

काठमाडौँ- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको र सोहीअनुसार सार्वजनिक गरेको सरकारले जनाएको छ।

यहाँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण उल्लेख गरिँदैछ। लामिछानेसँग ८० तोला सुन रहेको उल्लेख छ। यो धेरै जसो बुबाआमाबाट र केही खरिद गरिएको भनिएको छ। चाँदीका भाँडाकुँडा चाँदीका भाडाकुँडा १५ देखि २० किलोसम्म रहेको उल्लेख छ।

त्यस्तै पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ नगरपालिका-८ मा ५ आना जग्गा रहेको उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। जग्गा किनेको रकमको स्रोत भने पारिश्रमिक भनिएको छ।

त्यस्तै लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ। त्यस्तै काठमाडौँ महानगरपालिका- ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा भएको पनि विवरणमा उल्लेख छ।

लामिछानेको नाममा दुईवटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ नगद भएको र निकिताको नाममा विभिन्न बैंकमा पाँच लाख ५८ हजार रुपैयाँ बढी रकम भएको उल्लेख छ।

निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको पनि लामिछानेले बुझाएको विवरणमा उल्लेख छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।

निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ। सरकारले लामोसमयपछि सरकारमा रहेकाहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। आफूले विवरण बुझाएर पनि सार्वजनिक नभएपछि रास्वपाका केही मन्त्रीले विवरण सार्वजनिक गर्न प्रधानमन्त्री दाहाललाई पत्र नै लेखेका थिए।

विस्तृत विवरण

प्रकाशित: ८ जेठ २०८१ १५:५१ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast