प्रधानमन्त्रीले विश्वासको मत लिने तयारीपछि छलफलमा जुट्यो कांग्रेस

हिमाल प्रेस ७ जेठ २०८१ ७:५०
2
SHARE
प्रधानमन्त्रीले विश्वासको मत लिने तयारीपछि छलफलमा जुट्यो कांग्रेस कांग्रेस संसदीय दलको बैठक। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्दैछ।

संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ।

आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो। आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन्।

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ।

गृहमन्त्रीमाथि छानबिन समिति नबने संसद् चल्न नदिने अडान कांग्रेसले कायमै राखेको छ। आज संसद् चल्न नदिए विश्वासको मत लिने कार्यसूची प्रभावित हुने देखिन्छ। यसै विषयमा छलफल कांग्रेसले बैठक बोलाएको हो।

प्रकाशित: ७ जेठ २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast