संसदमा लामिछानेले सोधे : ममाथि छानबिन गर्ने भए अरु काण्डमा पनि समिति बनाउन तयार हो?

आरजु राणामाथि छानबिन सुरु गर्ने संकेत

हिमाल प्रेस ६ जेठ २०८१ १९:०६ | Sunday, May 19, 2024
संसदमा लामिछानेले सोधे  : ममाथि छानबिन गर्ने भए अरु काण्डमा पनि समिति बनाउन तयार हो? उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अरु काण्डमा छानबिन हुने भए आफू पनि सहकारी प्रकरणमा छानबिनका लागि परीक्षा दिन तयार रहेको बताएका छन्। उनले टीकापुर काण्ड, ललितानिवास, बालमन्दिर, घडी चोरी, टेरामक्स, वाइड बडीलगायतका काण्डमा पनि छानबिन गर्न तयार हो भने आफू पनि छानबिनका लागि तयार हुने बताए।

प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको सहरकारीको रकम अपचलनको जवाफ दिइरहेका छन्। उनले आफ्नो बारेमा प्रस्ट पार्न सदनमा उपस्थित भए पनि नेपाली कांग्रेसका नेताहरू लक्षित बोलेका छन्।

उनले २०५५ सालामा स्ववियु सभापति हुँदा पार्क निर्माण गर्दा रकम लिएर नबनाएको, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको ५ लाख लिएर वेवसाइट नबनाएको, नुवाकोटमा बाख्रा फारम र काठमाडौमा मासु पसल खोल्ने भनिए पनि त्यो समाचार फ्याक्ट चेक गरेर राखिए पनि वेवसाइटबाट हटाइएको बताए।

बीपी स्वास्थ्य पतिष्ठानमा १४ करोड लिएर राजकुमार रौनियारलाई उपकुलपति बनाएको बताए। सांसदहरू नै रातो पासपोर्ट दुरुपयोग गरेको बताए।

आरजु राणामाथि छानबिन सुरु गर्ने संकेत

लामिछानेले आफूले टीकापुर मिलाउने तर मिडिया नमिलाउने बताएका छन्। टीकापुर जग्गा किनबेचमा कांग्रेस नेतृ आरजु राणाको नाम जोडिएको छ। ‘साथीहरूले मिडिया मिलाउनू भन्नुहुन्छ। म स्कुल मिलाउँछु गाउँमा। टीकापुर मिलाउँछु तर मिडिया मिलाउन सक्दिनँ,’ उनले भने।

तल्लो तहका कर्मचारीको १६ वर्षमा अवकाश लिने व्यवस्था मिलाउने उनले बताए। उनले आफू टेलिभिजनमा हुँदा सबैको तारो बनेको र अहिले पनि बनिरहेको बताए।

‘विदेशीका एजेन्ट संसदमा छन्’

उनले संसदमा विदेशीका एजेन्टहरू रहेको गम्भीर आरोप लगाएका छन्। सदनमा आफूमाथि लागेका आरोपहरूको जवाफ दिने क्रममा उनले विदेशीका एजेन्टहरू सदनमा रहेको र उनीहरूलाई निकाल्नुपर्ने बताए।

‘जति शक्तिशाली भए पनि जुनसुकै पार्टीका महामन्त्री भए पनि विदेशीका एजेन्टहरूलाई निकालौँ,’ लामिछानेले भने।

उनले कांग्रेस महामन्त्री गगन थापालाई यस्तो आरोप लगाएको अनुमान गर्न सकिन्छ।

प्रकाशित: ६ जेठ २०८१ १९:०६ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast