लामिछानेको स्पष्टीकरण : सहकारी ठगी गरेको छैन

हिमाल प्रेस ६ जेठ २०८१ १८:५६ | Sunday, May 19, 2024
लामिछानेको स्पष्टीकरण : सहकारी ठगी गरेको छैन फाइल तस्बिर

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर लिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचलनको आरोपबारे प्रस्टीकरण दिएका छन्।

‘स्वेट सेयरको रुपमा काम गरे। काम छोड्दा छाडेर गए,’ उनले भने, ‘न म सदस्यको सहकारी न व्यस्थापनको मान्छे।’

मन्त्री लामिछानेले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको र नदेखिएको बताए। उनले मिडिया टायल समेत भएको बताए। ‘सांसदलाई बोल्न दिने नदिने निर्णय पार्टीको बैठकबाट गर्नुपर्ने रहेछ। लोकतन्त्रको यो कस्तो अभ्यास हो रु,’ उनले भने।

उनले जीबी राईले गरेको फोहोर आफूले उठाउनुपर्छ भन्ने नरहेको बताएका छन्। उनले पोखराले सुप्रिम सहकारीबारे गरेको छानबिनमा पनि भ्रम सिर्जना गरिएको बताएका छन्। उनले आफू एमडी हुँदा सहकारीबाट ऋण लिन गोरखा मिडियाले कुनै निर्णय नगरेको बताएका छन्।

प्रकाशित: ६ जेठ २०८१ १८:५६ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast