प्रतिनिधिसभा बैठक जेठ ६ गतेसम्मलाई सर्‍यो

हिमाल प्रेस ४ जेठ २०८१ १५:२६ | Friday, May 17, 2024
प्रतिनिधिसभा बैठक जेठ ६ गतेसम्मलाई सर्‍यो

काठमाडौँ- प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गते मात्रै बस्ने भएकाे छ।  आगामी आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आज ११ बिहान बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक सुरु नगरी स्थगित भएको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल  र विपक्षी दलका नेताहरूसँगको संवाद साँझ ६ बजे बस्ने भएपछि सभामुखले बैठक स्थगित गरेको बताएका छन्।  सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने अडान राखेपछि संसद् चल्न सकेको छैन। लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन्।

प्रकाशित: ४ जेठ २०८१ १५:२६ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast