
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पनि नाराबाजी गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो। तर सहमति भएन कांग्रेसले आज पनि अवरोध गर्यो। तर झन्डै पाँच बजेमात्रै बैठक सुरु भयो।
कांग्रेसले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले भने पटकपटक आसनग्रहण गर्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। कांग्रेसले सभामुखको आग्रहलाई अटेर गरी विरोध गरिरहेपछि सदनको कारबाही प्रारम्भ गरेका थिए। सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त दुईवटा पत्र पढेर सुनाए। सत्तारुढ दलका सांसदले भने सभामुख घिमिरेले पत्र पढेर सुनाएपछि ताली बजाएर पारित गरे।