फेरि जुटेन सहमति, कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

हिमाल प्रेस ३ जेठ २०८१ १६:४० | Thursday, May 16, 2024
फेरि जुटेन सहमति, कांग्रेसले आज पनि संसद् अवरोध गर्ने फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस र सरकारबीचको विवाद नमिलेपछि आज पनि कांग्रेसले संसद् बैठक अवरोध गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय छानबिन समितिको प्रक्रिया अघि बढाउने प्रस्ताव कांग्रेसलाई गरेका थिए। सोही आधारमा कांग्रेस संसद् चल्न दिनेमा सहमत भएको थियो। पछि फेरि सरकारको तर्फबाट समग्र सहकारी छानबिनका लागि समिति बनाउने प्रस्ताव गरेपछि कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो।

सांसद रामहरि खतिवडाले सरकार सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन तयार नहुँदासम्म संसद् अवरोध कायमै रहने बताए। प्रधानमन्त्रीले समग्र सहकारीको समस्या समाधानका लागि समिति बनाउँ भनेर कांग्रेस महामन्त्री गगनकुमार थापालाई सन्देश पठाएका थिए। त्यसपछि थापा, प्रमुख सचेतक रमेश लेखक तथा केही सांसदहरू बसेर छलफल गरेका थिए।

प्रकाशित: ३ जेठ २०८१ १६:४० | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast