नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस
काठमाडौँ– सरकारले पूर्वराजपरिवारको सम्पत्तिको खोजी गर्ने भएको छ।
तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ। अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।
‘पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ।
प्रकाशित: १ जेठ २०८१ १७:२१ | Tuesday, May 14, 2024
प्रतिक्रिया





