नीति तथा कार्यक्रम : जल यातायात सुरु गर्ने सरकारको घोषणा

हिमाल प्रेस १ जेठ २०८१ १७:०० | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम : जल यातायात सुरु गर्ने सरकारको घोषणा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर।

काठमाडौँ– सरकारले जल यातायात सुरु गर्ने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जल यातायात सुरु गर्ने घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे। उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे।

राष्ट्रपति पौडेलले सर्वसुभल र पहुँचयोग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गरिने बताए।

प्रकाशित: १ जेठ २०८१ १७:०० | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast