
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसो चलेको छ। ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्बन्धी बुँदा राष्ट्रपति पौडेलले वाचन गर्दा पौडेलसँगै प्रधानमन्त्री र सांसदहरूले हाँसेका हुन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत राष्ट्रपति पौडेलले महिलालाई आर्थिक रूपमा सक्षम सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने भन्ने वाक्य बाचन गर्दै गरेका थिए। त्यसपछि संसद्मा हाँसो चलेको हो।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि मस्त हाँसे।
प्रकाशित: १ जेठ २०८१ १६:४७
प्रतिक्रिया