नीति तथा कार्यक्रम : ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा

हिमाल प्रेस १ जेठ २०८१ १६:२३ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम : ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ– ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका हुन्।

आगामी वर्षभित्र ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास सञ्चालनमा ल्याइने राष्ट्रपति पौडेलले बताए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ।’

प्रकाशित: १ जेठ २०८१ १६:२३ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast