टाइगर कप भलिबलबाट साढे १८ लाख बचत

हिमाल प्रेस ३१ वैशाख २०८१ १७:०० | Monday, May 13, 2024
टाइगर कप भलिबलबाट साढे १८ लाख बचत

पोखरा– पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ। चौँथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनायो।

गत १ देखि ६ माघसम्म पोखरा रंगशालामा भएको उक्त भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार आम्दानी भएकोमा १ करोड ३ लाख खर्च भई उक्त रकम बचत भएको सोमबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

पोखरालाई पर्यटनका साथै खेलकुदको सहर बनाउन नेपालको राष्ट्रिय खेल भलिबललाई पोखराको हबको रुपमा स्थापित गर्न संस्था कटिबद्ध रहेको उनले बताए। पुरुष र महिलातर्फ ६/६ टिमले भाग लिएका थिए। आयोजकले विदेशी टिम समेत मैदान उतारेको थियो। पुरुषतर्फ श्रीलंको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा क्लबलाई समावेश गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०८१ १७:०० | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast