सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : शंकर पोखरेल

हिमाल प्रेस १९ वैशाख २०८१ १७:१५
8
SHARES
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवी वर्ग सामाजिक सुरक्षा कार्यक्रमबाट बञ्चित रहेकाले उनीहरूलाई त्यसमा जोड्ने कुरामा सरकारले भूमिका खेल्नुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले यो अभियानमा एमालेका तर्फबाट सरकारलाई साथ दिने प्रतिबद्धता जनाए। उनले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष काम गर्नुपर्ने बताए। नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको औँल्याउँदै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए।

मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाइ थियो। महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवर्द्धन गर्ने नीतिलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: १९ वैशाख २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast