शिक्षक नेताहरूले विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई खेलौना मात्र बनाए : अध्यक्ष तिवारी

हिमाल प्रेस १५ वैशाख २०८१ १४:५६ | Saturday, April 27, 2024
शिक्षक नेताहरूले विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई खेलौना मात्र बनाए : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले शिक्षक नेताहरूले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकका मुद्दा प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन्।

अध्यक्ष तिवारीले शिक्षक नेताहरूलाई ग्रेड समायोजन र विशिस्ट पद मात्र चाहिएको आफूले बुझेको भन्दै विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई खेलौना बनाएको बताएका छन्।

उनले भने, ‘कर्मचारी र बालशिक्षक उनीहरूलाई राजनीति गर्ने निहुँ भएको मेरो ठहर। कसले के भन्छ त्यो मलाई मतलब भएन तर भोकै काम गर्ने कर्मचारी र बालशिक्षकका मुद्दा पहिलो बनाएर कहिले लगियो? नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका नेताहरू। हामीलाई खेलौना बनाउने अब अति भयो। सँगै जोडिएको नेपाल शिक्षक महासंघको अधिवेशनमा हेर्दा हुन्छ टाढा जानुपर्दैन। योभन्दा अगाडि नेपाल शिक्षक संघ संघीय कार्यसमिति आएन अहिले नेपाल राष्ट्रिय शिक्षक संगठन।’

प्रकाशित: १५ वैशाख २०८१ १४:५६ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast