अमिरको सम्मानमा आयोजित रात्रिभोजको मेनु : मासको फुरौलादेखि च्याउको झोलसम्म

हिमाल प्रेस ११ वैशाख २०८१ २१:५१ | Tuesday, April 23, 2024
अमिरको सम्मानमा आयोजित रात्रिभोजको मेनु : मासको फुरौलादेखि च्याउको झोलसम्म

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज (मंगलबार) साँझ रात्रिभोजको आयोजना गरे।

रात्रिभोजमा अमिरका लागि बनाइएको मेनुमा च्याउ, मासको फुरौला, मटन सेकुवा, च्याउको झोल, क्लासिक इटालियन चिज केकलगायतका परिकार थिए। रात्रिभोजका अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपतिलगायतको सहभागिता थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आज (मंगलबार) अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई स्वागत गरेका थिए। कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ।

प्रकाशित: ११ वैशाख २०८१ २१:५१ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast