बाल गायक अशोक दर्जीको कथामा फिल्म बनाइने

हिमाल प्रेस ६ वैशाख २०८१ २०:४९ | Thursday, April 18, 2024
बाल गायक अशोक दर्जीको कथामा फिल्म बनाइने

काठमाडौँ- चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन्। बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो।

बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन्। टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा निर्मातामा विनय अधिकारी रहेका छन्।

अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन्।

फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ। नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन्। चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ।

प्रकाशित: ६ वैशाख २०८१ २०:४९ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast