‘विद्यालय कर्मचारीको छुट तलबमान प्रदान गर्न अर्थ मन्त्रालय सकारात्मक’

हिमाल प्रेस ५ वैशाख २०८१ ११:१५ | Wednesday, April 17, 2024
‘विद्यालय कर्मचारीको छुट तलबमान प्रदान गर्न अर्थ मन्त्रालय सकारात्मक’

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको छुट तलबमान प्रदान गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको बताइएको छ।

साे विषयलगायतमा नेपाल शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनलगायत शैक्षिक संघसंगठनले गत चैत २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै भेटेर ध्यानाकर्षण गराएका थिए। त्यतिबेला प्रचण्डले अर्थमन्त्रीलाई छुट तलबमान प्रदान गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको उक्त निर्देशन कार्यान्वयनका लागि वैशाख ३ गते एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी अर्थ मन्त्रालयमा पुगेका थिए।

अधिकारीले अर्थमन्त्री वर्षमान पुनका प्रमुख राजनीतिक सल्लाहकार राजकाजी श्रेष्ठलाई भेट्दै सोबारे ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष अधिकारी भन्छन्,‘अर्थ मन्त्रालयमा अर्थ मन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा माओवादी केन्द्रका युवा नेता राजकाजी गुरुङसँग गम्भीर छलफल भयो। विद्यालय कर्मचारीको छुट तलबमान प्रदान गर्न र ग्रेड समायोजनका लागि अर्थ मन्त्रालय सकारात्मक भएको छ।’

उनले अर्थमन्त्री पुन अमेरिकाबाट स्वदेश फर्किएपछि ठोस निष्कर्ष आउने बताए।

कर्मचारीकै माग कार्यान्वयनका लागि नेपाल विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारी पनि अर्थ मन्त्रालय जाने गरेका छन्।

प्रकाशित: ५ वैशाख २०८१ ११:१५ | Wednesday, April 17, 2024

प्रतिक्रिया

One thought on “‘विद्यालय कर्मचारीको छुट तलबमान प्रदान गर्न अर्थ मन्त्रालय सकारात्मक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast