जनकपुरका मिटरब्याजपीडितसँग गृहमन्त्रीले गरे छलफल

हिमाल प्रेस २८ चैत २०८० १७:४० | Wednesday, April 10, 2024
जनकपुरका मिटरब्याजपीडितसँग गृहमन्त्रीले गरे छलफल रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याजपीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँगको छलफलमा क्रममा घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने बताए।

गृहमन्त्री लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको र जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए।

घटनाको अध्ययन गरेर आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न उनको आग्रह छ।

छलफलमा पीडित पक्षले साहुको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए। पुराना निवेदनउपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छाविपरीत मिलापत्र गराउने काम भइरहेको उनीहरूको गुनासो थियो।

प्रकाशित: २८ चैत २०८० १७:४० | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast