पोखरामा ‘सावर बञ्जी’

हिमाल प्रेस २८ चैत २०८० १६:०७ | Wednesday, April 10, 2024
पोखरामा ‘सावर बञ्जी’

गण्डकी – पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउन्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी सुरु गरेको छ। पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिए।

‘हाइग्राउन्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो’, उनले भने, ‘सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो।’ साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुर्याएको उनले बताए।

सावर बञ्जी नेपालको पहिलो र एकमात्र भएको उल्लेख गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताए।

उनका अनुसार बञ्जीका क्रममा ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन्। यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार पाँच सय तिर्नुपर्नेछ। यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ। एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सकिने जनाइएको छ।

हाइग्राउन्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरेका छन्। सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप करिब ५० लाख लगानी गरेको कम्पनीले हालसम्म यहाँ करिब ५० करोड गरिसकेको जनाएको छ। रासस

प्रकाशित: २८ चैत २०८० १६:०७ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast