सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

हिमाल प्रेस २२ चैत २०८० १८:५१
22
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने देखिएपछि उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्।

गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। बहुमतका लागि २७ सांसद चाहिन्छ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। राप्रपा र स्वतन्त्र सांसद एक-एक छन्।

प्रकाशित: २२ चैत २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast