डाेल्पामा हावाहुन्डरीका कारण दुई घाेडासहित एक जनाकाे मृत्यु

हिमाल प्रेस १८ चैत २०८० १४:४० | Sunday, March 31, 2024
डाेल्पामा हावाहुन्डरीका कारण दुई घाेडासहित एक जनाकाे मृत्यु डोल्पा फाइल तस्बिर

डोल्पा- डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका प्रहरीले जनाएको छ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे मृत्यु भएको उनले बताए।

खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो। उनले सँगै लिएका दुई वटा घोडाको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०८० १४:४० | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast