कांग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको अडान

हिमाल प्रेस १८ चैत २०८० १२:१४ | Sunday, March 31, 2024
कांग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको अडान

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको छानबिन हुनुपर्ने कुरालाई दोहोर्‍याएको छ।

आज प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले यसका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग दोहोर्‍याएका छन्।

‘९० हजारभन्दा बढी बचतकर्ताहरूको पैसा हराएको छ । त्यसबारे छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाइनुपर्छ,’ उनले भने, ‘यो नभइकन हामी अगाडि बढ्न सक्दैनौँ । समिति बनोस्, यसको आवश्यकता छ हामीलाई।’

कांग्रेसले सहकारी प्रकरणमा ‍उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने दोषी रहेको यथेष्ट प्रमाणहरू रहेको बताउँदै आएको छ।

प्रकाशित: १८ चैत २०८० १२:१४ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast