काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणका लागि टिम बनाएको छ। अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।
शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।
समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी गराएका छन्। विषयगत मन्त्रालयहरूसँग समन्वय गरी बजेटका आवश्यक विषयमा छलफल हुने उनको भनाइ छ।
प्रकाशित: १६ चैत २०८० १६:५९
प्रतिक्रिया