तिलोत्तमामा सुरु भयो दलित उत्सव

हिमाल प्रेस १४ चैत २०८० १९:५५ | Wednesday, March 27, 2024
तिलोत्तमामा सुरु भयो दलित उत्सव

लुम्बिनी- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि प्रथम दलित ज्ञान उत्सव सुरु भएको छ। तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीनदिने ज्ञान उत्सव सुरु भएको हो।

उत्सवको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे। नगरप्रमुख खाँणले नगरपालिकाले दलित ज्ञान उत्सव आयोजना गरेर विभेद विरुद्धको अभियानमा सामेल भएको बताए।

यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले यस प्रकृतिका कार्यक्रमले सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान दिने बताइन्। ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा समसामयिक विमर्श हुने दलित रीडरका अध्यक्ष रुक्मणि नेपालीले बताइन्।

उत्सवमा २० भन्दा बढी सेसनमा ८० भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्। बुटवलस्थित होटल पौवामा सुरु ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति समेत राखिएको छ।

 

प्रकाशित: १४ चैत २०८० १९:५५ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast