काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा अन्य दललाई समर्थन नगर्ने भएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो। आउँदो वैशाख १५ मा इलाम-२ र बझाङ-१(१)मा चुनाव हुँदैछ।
यसअघि माओवादीले एमालेलाई समर्थन गर्ने तयारी गरेको थियो। तर दोस्रो स्तरका नेताहरूले आफै निर्वाचनमा सहभागी हुनुपर्ने अडान राखेका थिए।
यद्यपि, कसलाई उठाउने बारे खुलाएको छैन।
इलाम-२ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ।
प्रकाशित: १४ चैत २०८० ११:२२ | Wednesday, March 27, 2024
प्रतिक्रिया





