नेपाली महिला टिमले एसिया कप खेल्न पाउने

हिमाल प्रेस १३ चैत २०८० २१:४१ | Tuesday, March 26, 2024
नेपाली महिला टिमले एसिया कप खेल्न पाउने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कप खेल्ने भएको छ।

एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पु¥याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन्।

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो।

एसीसीको नयाँ संरचनाअनुसार नेपाल र थाइल्यान्डले प्रतियोगितामा स्थान बनाएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो।

यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो।

उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए ।

महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् ।

यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।

प्रकाशित: १३ चैत २०८० २१:४१ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast