काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले मनीषकुमार मिश्रालाई महासचिवमा मनोनीत गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीका नेता मिश्रलाई संशोधित विधानअनुसार पार्टीको केन्द्रीय सचिव पदबाट महासचिव पदमा मनोनयन गरेका हुन्।
ठाकुरले देश, मधेश र पार्टीको हितमा मिश्रको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १३ चैत २०८० १४:३३
प्रतिक्रिया