काठमाडौँबाट पाँच बंगलादेशी नागरिक पक्राउ

हिमाल प्रेस १३ चैत २०८० १३:५२
12
SHARES
काठमाडौँबाट पाँच बंगलादेशी नागरिक पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- भिसा अवधि समाप्त भएर गैरकानुनी रूपमा नेपालमा बसिरहेका पाँच जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अबदुल्ला, ४५ वर्षीय एमडी समसुयल होडा, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडी मासुम मियालाई पक्राउ गरेको हो।

पक्राउ परेका बंगलादेशी नागरिकहरू विभिन्न समयमा नेपाल प्रवेश गरेर गैरकानुनी रूपमा काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गरिरहेको र शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast