यस्तो छ आजको मौसम

हिमाल प्रेस १३ चैत २०८० ६:१५ | Tuesday, March 26, 2024
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान कोशी र मधेश प्रदेशमा साधारणतया बदलीको अवस्था छ।

बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिदेशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १३ चैत २०८० ६:१५ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast