नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक छ : माधव नेपाल

हिमाल प्रेस १२ चैत २०८० २०:१४
32
SHARES
नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक छ : माधव नेपाल माधवकुमार नेपाल।

धुलिखेल- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताएका हुन्।

नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकूल र सबैमा त्यही ढंगको सोच र विकास हुन आवश्यक रहेको बताए।

सोमबार बिहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) बाट आफूबीच भेट भएर आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए।

प्रकाशित: १२ चैत २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast