बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

हिमाल प्रेस ११ चैत २०८० ४:३८ | Sunday, March 24, 2024
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

काठमाडौँ- दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

दाङको राजपुर गाउँपालिका – ५ जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक राति पौने ८ बजे रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई बेलेका ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका– ५ का २४ वर्षीय प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

त्यस्तै मोटरसाइकलको पछाडि सवार २३ वर्षीय प्रदीप यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी मल्लले जानकारी दिए।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित: ११ चैत २०८० ४:३८ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast