कोहलीले प्रहार गरे टी-२० मा १२ हजार रन

हिमाल प्रेस १० चैत २०८० १२:३७ | Saturday, March 23, 2024
कोहलीले प्रहार गरे टी-२० मा १२ हजार रन

काठमाडौँ- भारतीय क्रिकेटर विराट कोहलीले टी-२० मा १२ हजार रन पूरा गरेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिरहेका उनले शुक्रबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सविरुद्ध २० बलमा १ छक्कासहित २१ रन प्रहार गर्दै १२ हजार रन पूरा गरेका हुन्।

टी-२० क्रिकेटमा घरेलु, अन्तर्राष्ट्रिय र लिग प्रतियोगिता समावेश छन्। कोहलीले आफ्नो ३६०औँ इनिङ्समा १२ हजार रनको अंक पार गरेका हुन्। उनी सबैभन्दा छिटो यो कीर्तिमान बनाउने दोस्रो ब्याट्सम्यान बने। यसअघि वेस्ट इन्डिजका क्रिस गेलले ३४५ इनिङ्समा १२ हजार रन पूरा गरेका थिए।

कोहली १२ हजार रन बनाउने विश्वका छैटौँ र भारतबाट पहिलो ब्याट्सम्यान बने। टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान गेलको नाममा छ। उनले १४ हजार ५६२ रन बनाएका छन्।

प्रकाशित: १० चैत २०८० १२:३७ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast