अधिकांश प्रदेशमा बिहानदेखि नै वर्षाको सम्भावना

हिमाल प्रेस १० चैत २०८० ७:००
6
SHARES
अधिकांश प्रदेशमा बिहानदेखि नै वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: १० चैत २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast