सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग

हिमाल प्रेस ९ चैत २०८० १६:४० | Friday, March 22, 2024
सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग

काठमाडौँ– नेपाल सरकारले नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन गरेको छ। आयोगमा नेतृत्वमा पूर्व न्यायाधीश तेजबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन्।

गृह मन्त्रालयले यसअगाडि नै आयोग गठन गर्न पत्र पठाएको थियो। तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको बताइएको हो। आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने छ।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो। त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो। तर त्यसले समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो। त्यही सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन भएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: ९ चैत २०८० १६:४० | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast