सद्भाव खल्बल्याउने ६ गतिविधिमाथि सरकारको निगरानी

हिमाल प्रेस ८ चैत २०८० १५:३२ | Thursday, March 21, 2024
सद्भाव खल्बल्याउने ६ गतिविधिमाथि सरकारको निगरानी गृह मन्त्रालय

काठमाडौँ- सरकारले जातीय, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सद्भाव खल्बल्याउने लगायतका गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि निगरानी बढाएको छ। गृह मन्त्रालयले गृह मन्त्रालयले त्यस्ता व्यक्ति, समूह र संस्थाका गैरकानुनी गतिविधिहरुलाई पूर्णतया निस्तेज पार्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

मन्त्रालयले त्यस्ता व्यक्ति तथा समूह र संस्थाहरुको पहिचान गरी क्षेत्रगत (व्यावसायिक, भौगोलिक) रूपमा अलगअलग सूची तयार गर्न निर्देशन दिएको छ। साथै गैरकानुनी गतिविधि निस्तेज पार्ने योजना बनाई कार्यान्वयन गर्न तीन महिनाको समयसीमा मन्त्रालयले तोकेको छ।

मन्त्रालयको निर्देशनमा उल्लेख छ, ‘त्यस्ता व्यक्ति, समूह, संस्थाका गैरकानुनी गतिविधिलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्ने र यसैअनुरुप गर्न आफ्नो मातहत एकाइलाई समेत निर्देशन गर्ने।’

गृहको निगरानीमा रहेका गतिविधि

जातीय ,क्षेत्रीय, धार्मिकतथा सांस्कृतिक सद्‍भाव खल्बलाउने किसिमका गतिविधि गर्ने र कुनै धर्मसंस्कृतिप्रति घृणाभाव व्यक्त गर्ने,

राजनीतिक आवरणमा संविधान विपरीतका र मौजुदा कानुनले निषेध गरेका गतिविधि गर्ने,

राज्य संयन्त्रप्रति नकारात्मक भावना फैलाई नागरिकमा निराशा फैलाउने कार्य गर्ने,

बैंक तथा वित्तीय संस्थाप्रति नागरिकको भरोसा टुट्‍ने गरी नकारात्मक अभिव्यक्ति दिने,

गुण्डागर्दी, तस्करी, कमिसनखोरी तथा यसै प्रकृतिका अन्य आपराधिक गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने,

गैरकानुनी रुपमा विदेशी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थाहरु,

प्रकाशित: ८ चैत २०८० १५:३२ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast