के सोभराज फेरि जेल पर्लान्?

हिमाल प्रेस ६ चैत २०८० १६:४८
30
SHARES
के सोभराज फेरि जेल पर्लान्? फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- शृंखलाबद्ध रूपमा व्यक्ति हत्यामा संलग्न रहँदै आएका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स सोभराज फेरि जेल पर्न सक्ने संकेत देखिएको छ। थाइल्यान्डमा १४ सहित दक्षिण र दक्षिणपूर्वी एसियामा कम्तीमा २० जना पर्यटकको हत्या गरेको आरोप उनीमाथि छ।

सन् २००३ मा नेपालमा पक्राउ परेका उनी १९ वर्षको जेल सजायपछि २०२२ मा मुक्त भएका थिए। जेलमुक्त भएपछि फ्रान्सेली नागरिक सोभराज स्वदेश फर्किएका थिए।

ग्रेटर लन्डन प्रहरीका दुई पूर्वअधिकृत ग्यारी कोप्सन र ज्याकी मिल्टनले थाइल्यान्डमा सन् १९७५ मा भएको नेदरल्यान्ड्सका दुई पर्यटकको हत्यामा सोभराजको संलग्नता रहेको प्रमाण आफूसँग रहेको र नेदरल्यान्ड्स प्रहरीलाई बुझाएको समाचार डेली मेलले हालै प्रकाशित गरेको छ।

समाचार उल्लेख छ, ‘नेदरल्यान्ड्सले चाहेमा बिभत्स हत्या गरिएका आफ्ना दुई नागरिक हेनरिकस बिटान्जा र कोर्नलिया हेमकरका सम्बन्धमा सोभराजमाथि अनुसन्धान गर्न सक्छ। यसमा मुद्दाको हदम्याद लाग्नेछैन।’

सन् १९८१ मा जुलिया क्लार्क र रिचर्ड नेभिलले सोभराजबारे पुस्तक लेख्ने क्रममा गरेको वार्ताको रेकर्डमा सोभराजले सो घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। ‘यसले मलाई फासीमा त नपुर्‍याउला’, उक्त वार्तामा सोभराजले दिएको अभिव्यक्तिलाई डेली मेलले उल्लेख गरेको छ।

सोभराज ‘बिकिनी किलर’, ‘सिरिअल किलर’ र ‘द सर्पेन्ट’ जस्ता उपनामले विश्वभरि चिनिएका छन्। एक अमेरिकी महिला र क्यानडाका अर्का पुरुषको हत्या भएको झन्डै २८ वर्षपछि नेपाल आएका बेला उनी फक्राउ परेका थिए। सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनले गरेका अपराधहरूमा आधारित भनेर ‘द सर्पेन्ट’ नामक शृंखला बनाएका थिए।

१९ वर्षपछि कारागारमुक्त भए शोभराज (फोटो फिचर)

प्रकाशित: ६ चैत २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast