रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, ‘ठाडो निवेदन पर्दैमा राजीनामा दिनुपर्ने?’

हिमाल प्रेस ६ चैत २०८० १३:०९ | Tuesday, March 19, 2024
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, ‘ठाडो निवेदन पर्दैमा राजीनामा दिनुपर्ने?’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको स्पष्टीकरण दिएका छन्।

नेपाली कांग्रेसले गृहमन्त्रीको विषयमा जवाफ मागेपछि प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित भएर जबाफ दिँदै प्रधानमन्त्रीले सहकारी पीडितले निवेदन दिँदा लामिछानेको नाम नराखेको पाइएको बताएका छन्। उनले प्रहरीले अनुशन्धान गर्दा समेत लामिछानेको संलग्नता नरहको पाइएको स्पष्ट पारे।

‘प्रहरीले यसबारे उहाँको संलग्नता देखिएन भनेको छ,’ प्रधानमन्त्रीले भने,‘पूरक निवेदनमा उहाँको नाम थियो। तर त्यसमा संलग्नता देखिएन।’ उनले ठाडो निवेदन पर्दैमा राजीनामा दिनुनपर्ने बताए।

प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा लामिछाने नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन।’

प्रधानमन्त्रीले सहकारीमा लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ’ भएको सदनलाई जानकारी गराए।

उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।’

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए।

प्रकाशित: ६ चैत २०८० १३:०९ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast