बाबुरामले कारबाही गरेपछि महिन्द्रपक्षले बोलायो आकस्मिक बैठक

हिमाल प्रेस ६ चैत २०८० ६:४२ | Tuesday, March 19, 2024
बाबुरामले कारबाही गरेपछि महिन्द्रपक्षले बोलायो आकस्मिक बैठक

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) को डा. बाबुराम भट्टराई पक्षले कारबाही गरेपछि अर्का अध्यक्ष महिन्द्रराय यादवले आकस्मिक बैठक बोलाएका छन्।

माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने नेताहरूलाई पदमुक्त गरेपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले आकस्मिक बैठक बोलाएका हुन्।

सोमबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरूलाई पदमुक्त गरेको थियो।

उक्त निर्णयप्रति आपत्ति जनाउँदै महिन्द्र पक्षले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने महासचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ६ चैत २०८० ६:४२ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast