काठमाडौैँ- इलाम २ को उपनिर्वाचनको उम्मेदवार सहमतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि नेकपा एमाले इलाम जिल्ला सचिवालय समितिको बैठकले ६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सहमति गरेर एक जनाको नाम पठाउन गरिएको प्रयास असफल भएको जानकारी दिए ।
यसअघि एमालेले उम्मेदवार तय गर्नका लागि जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
सो कार्यदलमा ६ जना आकाङ्क्षीले निवेदन दिएका थिए । निवेदन दिनेहरूमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राई थिए । उनीहरू कसैले पनि आफ्नो दाबी नछोडेको गुरुङले जानकारी दिए ।
प्रकाशित: ५ चैत २०८० ५:१०
प्रतिक्रिया