नेसपाको कार्यकारिणी बैठक बस्दै

हिमाल प्रेस ४ चैत २०८० ८:२६ | Sunday, March 17, 2024
नेसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ।

यो समूह शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ। केही नेता माओवादीमा प्रवेश गरेको तर नेसपा नै एकता भनेको भन्दै भट्टराईले आपत्ति जनाएका छन्।

भट्टराईले यो विषयमा आपत्ति जनाएका छन्। आज बस्ने बैठकले पार्टीको भावी रणनीति बनाउने कार्यसूची छ। माओवादीमा प्रवेश गरेका नेतालाई के गर्ने बारे नेसपा बोलेको छैन।

प्रकाशित: ४ चैत २०८० ८:२६ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast