‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ विधेयक संसद्‍मा पेस हुँदै

हिमाल प्रेस ४ चैत २०८० ७:३५ | Sunday, March 17, 2024
‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ विधेयक संसद्‍मा पेस हुँदै अधिकांश सांसद अनुपस्थित रहेको प्रतिनिधिसभा बैठक।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

यसअघि गत शुक्रबारको बैठकमा नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक प्रभावित भएको थियो।

प्रकाशित: ४ चैत २०८० ७:३५ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast