राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त

हिमाल प्रेस ३० फागुन २०८० १७:०५ | Wednesday, March 13, 2024
राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त पदमुक्त भएका प्रदेश प्रमुखहरू हरिशंकर मिश्र, पृथ्वीमान गुरुङ र देवराज जोशी।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। सरकारको सिफारिसमा पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो।

 

तीन प्रदेशमा प्रदेश प्रमुख हटाउने निर्णय

प्रकाशित: ३० फागुन २०८० १७:०५ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast