तीन प्रदेशमा प्रदेश प्रमुख हटाउने निर्णय

हिमाल प्रेस २८ फागुन २०८० १९:५४
52
SHARES
तीन प्रदेशमा प्रदेश प्रमुख हटाउने निर्णय पदमुक्त भएका प्रदेश प्रमुखहरू हरिशंकर मिश्र, पृथ्वीमान गुरुङ र देवराज जोशी।

काठमाडौँ- सरकारले गण्डकी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेको हो।

रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ। राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसंख्यामन्त्रीलाई तोकिएको छ।

शर्माले भनिन्, ‘राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्। सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =