कांग्रेसका विचार समूहले गरेको व्यवहारले म आजित भएको थिएँ : प्रधानमन्त्री [लाइभ]

हिमाल प्रेस ३० फागुन २०८० ११:४५
2
SHARE
कांग्रेसका विचार समूहले गरेको व्यवहारले म आजित भएको थिएँ : प्रधानमन्त्री [लाइभ]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए।

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।’

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

‘पहिलो र दोस्रोपटक कुन पृष्ठभूमि र सन्दर्भमा लिइएको थियो। अहिले जुन विश्वासको मत लिनुपरेको छ यो पनि उथलपुथल नै हो।’ उनले भने,‘मैले मात्र गरेको उथलपुथल होइन। यसमा हामी सबै सहभागी छौँ।’

उनले कांग्रेसको विचार समूहको व्यवहारका कारण आफू आजित भएको बताएका छन्। उनले पटकपटक कांग्रेसको आन्तरिक कारणले आफूमाथि हमला भएको बताए। उनले कांग्रेस एकजुट भएर अघि बढ्न शुभकामना पनि दिए।

 

प्रकाशित: ३० फागुन २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast