काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष चयनका लागि अहिले निर्वाचन प्रक्रिया जारी छ। सोहीअनुसार नेपाली कांग्रेसका युवराज शर्मा र नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल उम्मेदवार छन्। दाहाल सत्ता गठबन्धन साझा उम्मेदवार हुन् भने शर्मा कांग्रेस र लोसपाको उम्मेदवार हुन्।
शर्मालाई अध्यक्ष निर्वाचित गरियोस् भनेर गरिएको प्रस्ताव निर्वाचनद्वारा अस्वीकृत भएको छ। राष्ट्रियसभा बैठकमा उपस्थित ५६ सदस्यमध्ये १७ सदस्यले मात्र शर्माको पक्षमा मतदान गरे। उक्त संख्या उपस्थित संख्याको बहुमत नभएपछि प्रस्ताव अस्वीकृत भएको हो। उनको विपक्षमा भने ३९ मत खसेको थियो।
अहिले नारायणप्रसाद दाहाललाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्तावमाथि निर्वाचन भइरहेको छ।
प्रकाशित: २९ फागुन २०८० १३:१३ | Tuesday, March 12, 2024
प्रतिक्रिया





