राष्ट्रियसभा अध्यक्ष चुनिँदै

हिमाल प्रेस २९ फागुन २०८० ७:०३ | Tuesday, March 12, 2024
राष्ट्रियसभा अध्यक्ष चुनिँदै राष्ट्रियसभा अध्यक्षमा सोमबार उम्मेदवारी दर्ता गराएपछि माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- आज राष्ट्रियसभा अध्यक्षका चुनिँदैछन्।

बिहान ११:९ बजे बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुंगाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन्।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्।

राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्।

फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ। शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन्।

प्रकाशित: २९ फागुन २०८० ७:०३ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast